कारोबार हुने साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ ।
बुधबार नेप्से परिसूचक १६ दशमलव ४९ अंकले बढेर १ हजार ९५९ दशमलब १२ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । बुधबार १ अर्ब ८७ करोड ३० हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
बुधबार कारोबार भएका १३१ धितोपत्रको सेयरमूल्य बढेको छ भने ८३ कम्पनीको सेयरमूल्य घटेको छ । यसका साथै सात कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । २ कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
बुधबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा बुधबार सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यो कम्पनीको बुधबार १४ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको हो ।





























प्रतिक्रिया