आइएमई पेमार्फत एयरलाइन्स टिकट काट्दा १२५ रुपैयाँ क्यासब्याक

आइएमई पेमार्फत एयरलाइन्स टिकट काट्दा १२५ रुपैयाँ क्यासब्याक

केन्द्रबिन्दु
0
Shares

आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब १२५ं रुपैयाँ क्यासब्याक पाउने भएका छन् । 

आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रुपैयाँ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको 'BONUS' नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरि कम्तिमा १२५ं रुपैयाँ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्नेछन्।

उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । 

Logo