सुजुकी डिजायरको नयाँ माेडेल नेपाली बजारमा, के छन् विशेषता ?

सुजुकी डिजायरको नयाँ माेडेल नेपाली बजारमा, के छन् विशेषता ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालका लागि सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ । २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर भएको सुजुकी कार सार्वजनिक गरेको हो ।

सुजुकीले सुजुकी डिजायर एक दशक अघि नै नेपाली बजारमा ल्याएका थियो । यसको बेस्ट इन क्लास फिचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बनेको थियो ।

सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीका अनुसार २०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्टजेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको छ । नेपाली ग्राहकले खोजेजस्तो स्टेट अफ आर्ट डिजाइन र अत्याधुनिक प्रविधि भएकोले नयाँ डिजायरबाट ग्राहक हरेक हिसाबले सन्तुष्ट हुने आशा लागेको चौधरीले बताए ।

अत्याधुनिक शक्तिशाली इन्जिन
२०२१ डिजायरमा आईएसएस फङ्सनसहितको नेक्स्टजेन के सिरिज ड्युअल जेट, ड्युअल भीभीटी बीएस ६ इन्जिन राखिएको छ । उच्च कम्प्रेसन रेसियो, कुल्ड ईजीआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ । म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६ किलोमिटर प्रतिलिटर रहेको कम्पनीले बताएको छ । यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ ।

नेपाली बजारमा भीएक्सआई र जेडएक्सआई गरी दुई भेरिएन्टमा उपलब्ध हुने २०२१ डिजायरको मूल्य क्रमशः ३४ लाख २९ हजार र ३७ लाख ७९ हजार रुपैयाँ तोकिएको छ ।

नयाँ डिजायरमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फङ्सन रहेकोे छ जसले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनु परेको अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ । हार्टटेक्ट प्लेटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ २०२१ डिजायर फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रियन रेगुलेसनमा आधारित छ ।

Logo