काठमाडौं ।
नेपालमा लकडाउन सहज भएसँगै आर्थिक गतिविधि हुने क्षेत्र सार्वजानिक सवारी साधन बाहेक उद्योग, कलकारखाना, व्यापार व्यवसाय सञ्चालनमा आएका छन् । यसरी लकडाउन सहज भएसँगै निजी सवारी साधन किन्न चाहनेहरुको लागि भने विभिन्न कम्पनीहरुले अफरै अफर ल्याएका छन् । यसरी व्यवसायीहरुले निजी सवारीसाधन खरिदमा विशेष अफर दिएसँगै बिक्री पनि बढ्न थालेको छ ।
लकडाउन खुकुलो भएसँगै निजी सवारीसाधन बिक्रि सुरु भएको दुई साता अगाडि देखि अटोमोवाइल क्षेत्र चलायमान देखिन थालेको नेपाल अटोमोवाइल डिलर्स एशोसियसन (नाडा) ले जनाएको छ । बजार सञ्चालनमा आएसँगै असार १ गते देखि निजी सवारीसाधनहरु बिक्रि हुन थालेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनका अनुसार तीन महिनासम्मको लकडाउनले थला परेको अटोमोवाइल क्षेत्र लकडाउन सहज भएपछि सवारी साधनहरुको बिक्री बढ्न थालेको छ ।
उनले भने, ‘ लकडाउन पछि बजारमा सबैभन्दा बढी दुई पाँग्रे सवारी साधनहरुको बिक्रिसँगै थोरै भए पनि चार पाङग्रे सवारीसाधन पनि बिक्री सुरु भएको छ ।’ सरकारले लकडाउन सहज बनाएर बजार सञ्चालनमा आएको भए पनि सबैभन्दा बढी प्रयोगमा सर्वसाधरणहरुले प्रयोग गर्ने सार्वजनिक सवारी साधनहरु नचल्दा उपभोक्ताहरुको निजी सवारी साधनमा आर्कषण बढेको उनको भनाइ छ ।
अटो व्यवसायीहरुले तत्काल थोरै रकम तिरेर पनि सवारी खरिद गर्न सक्ने गरी विशेष अफर ल्याएका छन् । उनीहरुले कोरोना भाइरसको प्रभावले लामो समय व्यापार बन्द भए पनि नयाँ गाडी किन्ने उपभोक्तालाई फाइनान्सको सुविधासहित विभिन्न अफर ल्याएका हुन् । यो अफर अन्तर्गत नयाँ सवारी साधन खरिदमा नगद छुट, डाउन पेमेन्ट र मासिक किस्तामा सहजता, बीमा शूल्क र सडक दस्तुरमा समेत छुट पाउने व्यवस्था छ । कुन कम्पनीले ल्याए सवारी खरिदमा छुटको अफर ? हेरौं यो भिडियोमा :





























प्रतिक्रिया