काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्ने समय कम्तीमा ३ महिनादेखि २ वर्ष थप गरेको छ ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कम्तीमा ३ महिना र व्यवसायको प्रकृति हेरर अधिकतम २ वर्षको समय थप गर्ने व्यवस्था गरेको छ । कम क्षति पुगेको क्षेत्रलाई पुस मसान्तसम्ममा ऋण तिरे पुग्ने गरी व्यवस्था गरिएको छ । कोभिड–१९ ले असर परेका क्षेत्रलाई आवश्यकता हेरि ऋण तिर्ने समय निर्धारण गर्ने तथा मध्यम असर परेकालाई चैत मसान्त र अति प्रभावितलाई २०७८ असारसम्मको समय थपिएको छ ।
अति प्रभावितलाई योजना हेरेर थप समय पनि दिन सक्ने गरी २०७९ असारसम्मका लागि समय थप गरिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजानिक गर्दै यस्तो जानकारी गराएका छन् ।





























प्रतिक्रिया