काठमाडौँ । नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको कर्जा बिस्तार लक्ष्य २० प्रतिशत राखेको छ ।
शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद आधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रको कर्जा विस्ता २० प्रतिशत गरिने बताएका हुन् । गत बर्ष १३ प्रतिशत हाराहारी मात्र निजी क्षेत्रमा कर्जा विस्तार भएको थियो ।
त्यस्तै, मौद्रिक नीतिले ब्याज दरको करिडोर तल्लो सीमा एक प्रतिशत र रिपोलाई साढे तीन बाट ३ प्रतिशतमा झारिएको छ । त्यस्तै, मौद्रिक नीतिले मुल्य वृद्धिलाई ७ प्रतिशतभित्र राख्ने उल्लेख गरेको छ ।
त्यस्तै, कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैक बनाइने गभर्नर अधिकारीले बताए । सीआआर, एसएलफ र बैंक दर ५ प्रतिशत यथावत राखिएको छ । बैंकले कृषि ऋणपत्र पनि जारी गर्न पाउनेछन् । त्यस्तै, जलविद्युतमा विशिष्टीकृत काम गरिरहेका बैंकलाई उर्जा ऋणपत्र जारी गर्न दिइने छ ।





























प्रतिक्रिया