काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य ५ सयले घटेको छ । बुधबार अहिले सम्मकै उच्च बिन्दुमा पुगेको सुन विहिबार १ यस रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो ।
आज सो मूल्यमा ५ सयले घटेर सुन ९२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतितोला ६ सय रुपैयाँले बढेर सुन बुधबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हाल सम्मकै उच्च हो ।
मंगलबार पनि ९२ हजार २ सय रुपैयाँमै कारोबार भएको थियो । महासंघले दिएको जानकारी अनुसार आज चाँदी १० रुपैयाँ घटेर ९९५ मा कारोबार भइरहेको छ ।
अहिले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि भएको भइरहेको छ ।





























प्रतिक्रिया