नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रूपैयाँको दावी भुक्तानी गरेको छ ।
कैलालीकाे टीकापुर नगरपालिका -१ घर भएका बीमित नरबहादुर साउदको २०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रमबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजार रूपैयाँको चेक मृतकको श्रीमती ज्ञानु देवी साउदलाई हस्तान्तरण गरेकाे हाे ।
आफ्नो जीवनकालमा स्व. नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट २०७५/०५/१३ गते ५० लाखकाे बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए ।
कम्पनीले बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख र बोनस बापत १४ लाख २५ हजार गरी जम्मा ६४ हजार २५ लाख इच्छाइएको व्यक्ति (श्रीमती)लाई प्रदान गरेकाे हाे । कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको जनाएको छ ।
दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।































प्रतिक्रिया