पूर्व–पश्चिम राजमार्गको विस्तार गर्न ३१ अर्ब बजेट

पूर्व–पश्चिम राजमार्गको विस्तार गर्न ३१ अर्ब बजेट

केन्द्रबिन्दु
0
Shares

सरकारले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति र विस्तारका लागि ३१ अर्ब २ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

सरकारले नारायणी नदी र तिनाउमा सिग्नेचर पुल बनाउने घोषणा गरेको छ । नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्री महतले घोषणा गरे ।

कमला ढल्केवर–पथलैया, वुटवल–गोरूसिङ्गे, कांकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरू गरिने भएको छ । नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने बताएका छन् ।

Skip This
Skip This
Logo