विराटनगरको एकीकृत भन्सार जाँचविन्दु (आईसीपी) मा निर्माण भएको रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालन हुने भएको छ । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको भन्सार यार्डमा भोलिदेखि रेल आउने भएको हाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार नयाँ दिल्लीमा भन्सार यार्डको संयुक्त रुपमा उद्घाटन गरेर कार्गो रेल सञ्चालनको अनुमति दिने तयारी भएको हो ।
प्रधानमन्त्री प्रचण्ड आजै चारदिने भ्रमणका लागि भारत प्रस्थान गरिसकेका छन् ।
उद्घाटनको दिन फलाम उद्योगको कच्चा पदार्थ कार्गो रेलबाट आयात गर्ने तयारी छ । यसअघि पनि फलाम उद्योगका कच्चा पदार्थ रेलबाट आयात वथनाहसम्म ल्याएर त्यहीं अनलोड गरेर ट्रक मार्फत भन्सार यार्ड ल्याउने गरिएको थियो ।
भन्सार यार्डसम्म कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगका कच्चा पदार्थ र उत्पादित वस्तुको आयात-निर्यात कार्गो रेलबाट हुनेछ । भन्सारसम्मै कार्गो रेलबाट आयात हुँदा ढुवानीमा कम्तीमा ४० प्रतिशत लागत न्यून हुने बताइको छ ।































प्रतिक्रिया