साताको कारोबार हुने चौथो दिन नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ । मंगलबार पनि घटेर बन्द भएको बजार बुधबार पनि निरन्तर घटेको हो ।
बुधबार नेप्से परिसूचक ३८ दशमलव ८३ अंकले घटेर १ हजार ८७९ दशमलब १२ विन्दुमा बन्द भएको हो शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
बुधबार नेप्सेमा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका १६ कम्पनीको सेयरमूल्य बढेको छ भने २०३ कम्पनीकोे सेयरमूल्य घटेको छ । बुधबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार दशमलव ४० रुपैयाँ पुगेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी प्रभु बैंक प्रमोटरको भएको छ । यस कम्पनीको ३४ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।































प्रतिक्रिया