नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारले बजेटमार्फत सार्वजनिक विद्युतीय सवारीसाधनमा भन्सार महसुल बढाएको भन्दै विरोध जनाएको छ ।
विद्युतीय सवारीसाधनमा ९ सय प्रतिशतसम्म भन्सार महसुल बढाएपछि बुधबार एक विज्ञप्ति जारी गर्दै नाडाले गर्दै सरकारको भनाइ र गराइमा ठूलो अन्तराल भएको देखाएको जनाएको हो । यसबाट सरकारको विद्युतिय सवारी साधनलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने आसयमा समेत स्पष्टता नभएको देखिएको बताइएको छ ।
‘सरकारले अझ सर्वसाधरण जनताले प्रयोग गर्ने सार्वजनिक महत्वका विद्युतिय बसहरुमा लाग्नेभन्सार महशुलमा समेत ९०० प्रतिशतले बृद्धि गरेको छ । यसबाट सरकारले सार्वजनिक यातायातमा विद्युतिय बसहरुको प्रयोगलाई समेत निरुत्साहित गर्न खोजेको देखिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
विद्युतीय सवारी साधन आयात गर्ने आयातकर्ता कम्पनी वा ब्याट्री मात्रै आयात गर्ने कम्पनीले बिक्री गरेको ब्याट्रीको आफै व्यवस्थापन गर्नुपर्ने तथा सोको योजना वर्षको एक पटक सार्वजनिक गर्नुपर्ने सरकारको नीति व्यवहारिक र सम्भव नभएको भन्दै यो व्यवस्था हटाउन नाडाले माग गरेको छ ।































प्रतिक्रिया