आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता २५ प्रतिशतसम्मको छुट

आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता २५ प्रतिशतसम्मको छुट

केन्द्रबिन्दु
0
Shares

‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । 

सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकहरुले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने छ। 

सो छुट १ वर्षका लागि लागु हुने कम्पनीले जनाएकाे छ । 

Skip This
Skip This
Logo