एफएनसीसीआईमा आयोजित रोजगार मेला सम्पन्न, २ हजार बढी युवाद्वारा अवलोकन

एफएनसीसीआईमा आयोजित रोजगार मेला सम्पन्न, २ हजार बढी युवाद्वारा अवलोकन

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा आयोजित रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको रोजगार मेला जेठ १६ देखि संचालन गरिएको थियो । 

रोजगार मेलाले यवालाई महासंघसंग जोड्न सहयोग गरेको विश्वास महासंघको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता थियो भने कम्पनीहरूले करिव ६ सय रोजगारीको अवसर खुला गरेका थिए ।

मेलामा कामको खोजीमा रहेका युवाहरूको निकै ठूलो सहभागिता रहेको थियो । मेलामार्फत करिव १० प्रतिशतले रोजगारी प्राप्त गरेको प्रारम्भिक अनुमान छ । धेरैजसो कम्पनीहरूले रोजगार मेलामा भाग लिन आएका युवाहरूलाई मेला पश्चात थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन्।

मेलामा २ हजार भन्दा बढी युवाहरुले अवलोकनका लागि रजिष्ट्रेशन गरेका थिए । नेपाल सरकारका उच्च अधिकारीहरु, विभिन्न तालीम केन्द्रका पदाधिकारीहरु तथा प्रशिक्षार्थीहरु, विश्व विद्यालयका विद्यार्थीहरु, उद्यमी व्यवसायीहरु, संचारकर्मीहरुले मेलाको अवलोकन गरेका थिए ।

कामको खोजीको लागि चारतिर भौतारिनुपर्ने र त्यसका लागि समय, पैसा समेत खर्च गर्नुपर्ने वाध्यतालाई एकै ठाउंमा कम्पनीहरु तथा कामको खोजीमा रहेकाहरुलाई भेला गराएर कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी यूवाहरुले बताएका छन् । यस्ता कार्यक्रम महासंघले नियमित रुपमा गर्नुपर्ने सुझाव पनि सहभागी कम्पनीहरुको छ ।

महासंघको वस्तुगत परिषदका सभापति हेमराज ढकालको सभापतित्वमा आयोजित रोजगार मेलाको समुदघाटन महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मंगलवार गरेका थिए । रोजगार मेला महासंघको वस्तुगत परिषद्को पहलमा भएको हो ।

रोजगार मेलामा सूचना प्रविधि, व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सेवा, पर्यटन लगायतका क्षेत्रसंग सम्बद्ध कम्पनीहरुको सहभागिता थियो । मेलामा आइएमई मोटर्स, गोल्छा अर्गनाइजेशन, लक्ष्मी ग्रुप, पंचकन्या ग्रुप, चौधरी ग्रुप, सुगम ग्रुप, यूएनएफपीए,वरुण वेभरेज, दराज, सिंघाग्रुप, नेपाल डिष्टिलरी प्रा.लि., रोजगारी डटकम, सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर, काठमाडु वल्र्ड स्कूल, कोडअभटार, लिपफ्रग, एमआइटिएल, भुरिलो,हिटाची इनर्जीको सहभागिता थियो । 

त्यसैगरी सोर्स कोड प्रा.लि.मेरोजव, फिरन्ते ट्रेक्स एण्ड एक्सिपिडसन्स, स्वीफ्ट ग्रुप,फ्लोरा हिमालयन लि., लस्ट होराइजन ह्याण्डीक्राफ्ट,एचएलई नेपाल, कार्पेन्टर्स स्टप प्रा.लि., शेर्पा हस्पिटालिटी ग्रुप, के एण्ड के, आउटसोलू, नाबलो बेकरी प्रा.लि., एफवान सफ्ट, प्रविधि ल्याव्स, केएनपी नेरोल्याक,पूर्ण इन्टरप्राइजेज प्रा.लि.,सव्जी ल्याण्ड,एचआर ल्याव्स, दि टेरेस, इविओ डिजिटल, यूनी कन्सल्टयान्स अलायन्स,रोसी टुर्स एण्ड ट्राभल्स प्रा.लि., ग्रेट नेपाल होलिडेज, रिभरसाइड स्प्रीन्ज रिसोर्ट, होटल आम्वासडर, आइफ्लाई, डाइनामिक आइडियाज नेपाल, नेपाल डिष्टिलरी प्रा.लि,नेपाल सिपिब अलायन्स, सुगम ग्रुप,काठमाडौं मोडल कलेज र वल्र्ड लिंक लगायतका कम्पनीहरुको सहभागिता थियो ।

Skip This
Skip This
Logo