नेपाली बजारमा बिहीबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। बिहिबार ५ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ ।
तेजाबी सुन १ लाख ११ हजार ९सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेकाे छ । बुधबार १ हजार ३सय ९५ रुपैयाँमा किनबेच भएको चाँदी आज १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया