बजाजको स्पोर्ट्स टुरर बाइक डोमिनार ४०० को मूल्य नेपाली बजारमा ह्वात्तै घटेको छ ।
बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीका अनुसार बाइकको मूल्यमा एकैपटक ६० हजार रुपैयाँको कमी आएको हो । सो बाइकको मूल्य ६ लाख ५९ हजार ९ सय रुपैयाँ रहेकोमा अब ५ लाख ९९ हजार ९ सय रुपैयाँ मात्र हुनेछ ।
सरकारले गत जेठ १५ गते ल्याएको बजेटमार्फत २५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घटाएको थियो । यी मोटरसाइकलमा पहिले ९० प्रतिशत सम्म अन्तःशुल्क रहेकोमा अब ६० प्रतिशत मात्र हुने भएको छ। यसबाट नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड, जावा, येज्दी, हस्कभर्ना, केटीएम, बीएमडब्ल्यु, बजाज र होन्डाको माथिल्लो भर्सनका बाइक किन्न चाहने ग्राहकलाई फाइदा पुग्ने देखिएको थियो ।
त्यसैबीच बजाजको स्पोर्ट्स टुरर बाइक डोमिनार ४०० को मूल्य घटाइएको हो । यसमा ३७३.२७ सीसीको ड्युअल ओभरहेड क्यामसाफ् इन्जिन छ, जसले ३९.९ पीएसको पावर र ३५ एनएमको टर्क जेनेरेट गर्छ ।
यसमा ड्युअल एक्जस्ट नोट जस्तै राम्रो साउन्ड आउँछ । यसमा फुल एलईडी हेडल्याम्प, ड्युअल च्यानल एबीएस, स्लिपर क्लच असिष्ट, अपसाइड डाउन फ्रन्ट फोर्क्स, फ्युल इन्जेक्सन सिष्टम आदि सुविधा उपलब्ध छन् । यसको इन्धन क्षमता १३ लिटर छ भने यसले २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।





























प्रतिक्रिया