काठमाडौं ।
माछापुच्छ्रे बैंकले अभिनेत्री एवं समाजसेवी श्वेता खड्कालाई आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । बैंकले व्यवसाय प्रवर्धनको लागि खड्कालाई एम्बास्डरमा नियुक्त गरेको हो ।
बिहिबार माछापुच्छ्रे बैंकले लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एवं थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट हरेक तहमा बैंकको पहुँच पुग्ने बैंकले जनाएको छ । नायिका खड्काले २० बर्ष लामो इतिहास बोकेको बैंकसँग ब्राण्ड एम्बास्डरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।





























प्रतिक्रिया