काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले आफ्ना प्रतिस्पर्धी व्यवसायी चन्द्र ढकाललाई विना अनुभव र ज्ञान माथि जान खोजेको आरोप लगाएका छन् ।
उपाध्यक्ष प्रधानले व्यवसायी ढकाललाई कटाक्ष गर्दै भने, ‘एक कक्षा पढेर दश कक्षाको जाँचको तयारी गर्ने ?’ त्यसो गर्दा पूर्णरुपमा असफल हुने उनको तर्क थियो । उपाध्यक्ष प्रधानले महासंघको गिरेको शाख जोगाउन उमेदवारी दिएको बताए ।
प्रधान यस अघिको महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग पराजित भएका थिए । उनै गोल्छाले अहिले प्रधानलाई समर्थन गरिरहेका छन् । त्यस्तै, उनलाई पूर्वअध्यक्षहरुको पनि साथ रहेको छ । यसपाली उपाध्यक्ष प्रधानको सम्भावना बलियो रहेको बताइन्छ ।
यसै विषयमा केन्द्रबिन्दुसँग प्रधानले गरेको कुराकानी हेरौं यो भिडियोमा :





























प्रतिक्रिया