काठमाडौं ।
सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला ६ सय रुपैयाँले बढेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन मंगलबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।
अहिले सुनको मुल्य अन्तराष्ट्रिय बजारमा पनि वृद्धि भएको भइरहेको छ । तेजावी सुन आज तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी १,००५ रुपैयाँमा कारोबार भइरहेको छ ।





























प्रतिक्रिया