नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो।
जसअनुसार आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ। यसमा मागभन्दा बढी आवेदन परिसकेको छ। सोमबार साँझसम्ममा १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो।
यस कम्पनीले जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ।
जसमध्ये ४४.९९२२% अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ।
यस्तै, ५% ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४% ले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।





























प्रतिक्रिया