इसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

केन्द्रबिन्दु
0
Shares

मुलुकभरी तथा संसारका २ सय  बढी राष्ट्रहरुमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी, इसेवा मनि ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता  भएको छ। 

सम्झौता अन्तर्गत,अब विदेशबाट इसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २ सय ५५ शाखामध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ।

सम्झौता पछि अब विदेशमा रहेका नेपालीहरुले सिँधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्ने छन्। सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका थिए।  

इसेवा मनि ट्रान्सफरकले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इ-सेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। 

इसेवा मनि ट्रान्सफरकले सेवाग्राहीहरुलाई आफ्ना १ लाख ७५ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इ-सेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी पनि हो । 

नबिल बैंक लिमिटेडले ३८वर्ष देखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेर २०४१ असार २९ गते स्थापना भएको नबिल बैंक, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र वित्तीय संस्थाको रूपमा सञ्चालन भइरहेको छ। हाल, ७ प्रदेश र ७७ ओटै जिल्लामा रहेका २ सय ५५ शाखाहरुका साथ,नबिल बैंक धेरै रुचाइएको बैंक बन्न सफल भएको छ। 

Logo