नेपालमै सर्बाधिक बिक्री हुने होण्डा मोटर बाईकको अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनीले होण्डा "एक्सचेन्ज र फाईनान्स मेला" भइरहेको जनाएको छ।
आफ्नो पुरानो मोटर बाईकसंग होण्डाको कुनै पनि नयाँ बाईक साट्न पाइने यो मेलाबाट ग्राहक बर्गले अधिकतम लाभ लिइरहेको आयोजकको भनाइ छ । मेलामा, आफ्नो पुरानो बाईकसंग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५ हजार रुपैंया एक्सचेन्ज बोनस पनि पाइनेछ। र, साथमा १० हजार रुपैंयासम्मको आकर्षक 'स्क्र्याच कुपन'ले पनि धेरै भन्दा धेरै ग्राहक लाभान्वित भइरहेका छन्।
यस मेलामा सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याज दरमा नयाँ होण्डा खरिद पनि गर्न सकिन्छ । 'होण्डा फाईनान्स' मार्फत मात्रै ५९ हजार ९९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १ प्रतिशतको ब्याजदरमा, मेला बाट नयाँ होण्डा चढी ग्राहकहरु सन्तुष्ट हुँदै फर्किरहेको, आयोजक स्याकार ट्रेडिंग कम्पनीको विश्वास छ।
जुन १ देखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन हाललाई काठमाडौँका होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सकिने छ भने छिट्टै नै होण्डा "एक्सचेन्ज र फाईनान्स मेला" देशभर पनि लागू हुने कम्पनीले जनाएको छ।





























प्रतिक्रिया