नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हाे । मंगलबार छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
साथै बुधबार तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको भाउ .तोलामा १ हजार ४५० रुपैयाँ कायम भएको थियो ।































प्रतिक्रिया