मंगलबार ४ सयले बढ्यो सुनको मूल्य

मंगलबार ४ सयले बढ्यो सुनको मूल्य


काठमाडौं ।

साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । अघिल्ला दुई दिन घटेको मूल्य आज भने बढेको हो । सुन आज ४ सयले बढेको हो । आइतबार ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो ।

गत हप्ता आइतबार सुन २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो । यस्तै बुधबार १ सयले बढेको सुन विहिबार ८ सयले घटेको थियो । शुक्रबार सुन आज ४ सयले बढेको थियो ।

आज सुन प्रतितोला ९२ हजार रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार २४५ मा कारोबार भइरहेको छ ।

Logo