यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
 
जसअनुसार,भारतीय ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ,नेपाली लोकल सानो गोलभेँडा ५ रुपैयाँ,रातो आलु ४०रुपैयाँ,सेतो आलु ३२ रुपैयाँ स्थानीय काउली ५० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०,तने बोडी ४०,मकै बोडी ४०,लोकल घिउ सिमी लोकल ३०, राजमा सिमी ८०,भटमास कोशा १३०,मटर कोशा १६०,तितो करेला ४०,लौका ६०,परवल लोकल ५०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ३०, घिरौंला ३०,भिण्डी ५०, स्कूस ४०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०,ब्रोकाउली ६०,तोफु१००,लोकल काँक्रो ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। 

चमसूरको साग १००,पालुंगो साग १००,मेथिको साग१००, तोरीको साग ३० हरियो लसुन६०, हरियो प्याज ६०, रायो साग ३०, धनियाँ २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । 

त्यस्तै, तरबुजा हरियो ४०,दसहरी आँप ७०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १३०,कागती १६०,स्याउ झोले २८०,आभोकाडो ५०० र मेवा भारतीय ११० र लिच्ची लोकल १२०,जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।

Skip This
Skip This
Logo