आइएमई लाइफ इन्स्याेरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

आइएमई लाइफ इन्स्याेरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

केन्द्रबिन्दु
0
Shares

आइएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीले शुक्रबारदेखि आईपीओ निष्कासन खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको  हो।

अबपछि सर्वसाधारणलाई पनि ९६ लाख कित्ता सेयर खुला हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्याेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Logo