यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
 
जसअनुसार,भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ,लोकल सानो गोलभेँडा ५ रुपैयाँ,रातो आलु ४० रुपैयाँ,सेतो आलु ३८ रुपैयाँ स्थानीय काउली ४० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ४०,मकै बोडी ४०,लोकल घिउ सिमी लोकल ३०, राजमा सिमी ९०,भटमास कोशा १४०,मटर कोशा १५०,तितो करेला ३०,लौका ५०,परवललोकल ५०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ३०, घिरौंला३०,भिण्डी ५०, स्कूस ४०, कन्यच्याउ १३० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २५०,ब्रोकाउली७०,तोफु ११०,लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
 
चमसूरको साग १००,पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग २० हरियो लसुन ७०, हरियो प्याज ८०,रायो साग ३०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ।
 
त्यस्तै, तरबुजा हरियो४०,मलदह आँप ७०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १२०,कागती १५०,स्याउफूजी ३००,आभोकाडो ६०० र मेवा भारतीय ९० र लिच्ची लोकल १२०,जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।

Logo