लक्ष्मी बैंकको विशेष साधारण सभा आज

लक्ष्मी बैंकको विशेष साधारण सभा आज

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी बैंकको आज असार ३ गते आइतबार विशेष साधारण सभा बस्दैछ। सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यसका लागि बैंकले जेठ २६ गते बुक क्लोज गरिसकेको छ। 

लक्ष्मी बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको हो। दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार हुनेछ। 

विशेष साधारण सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ। मर्जर प्रयोजनका लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौतापत्र पारित गर्नेछ। 

मर्जरपश्चात बैंकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयबिक्रम शाह हुने समझदारी भएको छ। अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ। १००% को स्वाप अनुपात मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ।

Skip This
Skip This
Logo