नेपाल धितोपत्र बोर्डले गत र चालु आर्थिक वर्षको यस अवधिसम्ममा कुल ४२ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ।
गत वर्ष १९ र चालु आर्थिक वर्षमा यसले २३ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। अहिलेसम्म आइपीओ निष्कासन गर्न अनुमति पाएका यस्ता कम्पनीहरुमध्ये आधाभन्दा धेरैले यही २ आर्थिक वर्षमा स्वीकृति प्राप्त गरेको देखिन्छ।
चालु आर्थिक वर्ष सकिन अझै १ महिना बाँकी छ। बोर्डबाट आइपीओ बिक्री गर्न अनुमति कुरेर बसेका हाइड्रोपावर कम्पनी पनि धेरै छन्। तसर्थ,यो संख्या अझै बढ्ने संम्भावना उत्तिकै रहन्छ।
पछिल्लो समय साधारण सेयर जारी गर्ने हाइड्रोपावर कम्पनीको संख्या ह्वात्तै बढेको छ। उनीहरुले पुँजी जुटाउनलाई आइपीओ निष्कासन गरेका हुन्।































प्रतिक्रिया