होन्डाले बहुचर्चित बाइक युनिकर्नलाई नयाँ अवतारमा ल्याएको छ । कम्पनीले हालै सो बाइक एउटा मात्र भेरिएन्टमा लन्च गरेको हो ।
होन्डा युनिकर्नमा कम्पनीले १६० सीसी एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन दिएको छ । सो इन्जिनले १३ बीएचपी पावर जेनेरेट गर्छ । बाइकमा ५ स्पिड गियरबक्स र दिइएको छ । किक स्टार्टका साथै सेल्फको पनि विकल्प दिइएको यस बाइकले ६५ किलोमिटर प्रतिघन्टा भन्दा बढीको माइलेज दिने कम्पनीको दाबी छ ।
बाइकको पछाडी सिग्नेचर हाइड्रोलिक मोनोसक र अगाडि टेलिस्कोपिक फोर्क प्रयोग गरिएको छ । बाइकको अगाडि २४० एमएमको सिंगल डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ । साथै बाइकमा सिंगल च्यानल एन्टीलक ब्रेकिङ सिस्टम पनि दिइएको कम्पनीले जनाएको छ ।
बजारमा नयाँ युनिकर्नले बजाज पल्सर १५०, टीभीएस अपाचे आरटीआर १६० र पल्सर एन१५० सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने बताइएको छ ।
उक्त बाइकमा कम्पनीले ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी दिए पनि विस्तारित वारेन्टी प्याक लिएर १० वर्षसम्म बढाउन सकिनेछ । लन्चकाे क्रममा कम्पनीले यसको मूल्य १ लाख ९ हजार भारु तोकेको छ ।





























प्रतिक्रिया