कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार,भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, लोकल सानो गोलभेँडा ३०रुपैयाँ,रातो आलु ४२रुपैयाँ,सेतो आलु ३२ रुपैयाँ, स्थानीय काउली ७०रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ५०,,लोकल घिउ सिमी लोकल २०, राजमा सिमी ७०,भटमास कोशा १००,मटरकोशा १५०, तितो करेला ३०,लौका ५०,परवल लोकल ५०,पाकेको फर्सी ४५,डल्लो फर्सी हरियो ३०, घिरौंला ३०,भिण्डी ६०, स्कूस ३०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ७०,तोफु१००,लोकल काँक्रो ११०रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।
चमसूरको साग १००,पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग २५हरियो लसुन ८०, हरियो प्याज ८०, रायो साग ३०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
त्यस्तै, तरबुजा हरियो४०,मलदह आँप ७०,मौसम १८०,अनार ४००,केरा दर्जनको १२०,कागती १५०,स्याउ फूजी २८०,आभोकाडो ६०० र मेवा भारतीय १०० र लिच्ची लोकल१२०,जुनार २००रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।





























प्रतिक्रिया