भारतीय बजारमा यी तिन इलेक्ट्रिक भर्सन आउँदै

भारतीय बजारमा यी तिन इलेक्ट्रिक भर्सन आउँदै

केन्द्रबिन्दु
0
Shares

भारतीय बजारमा लम्ब्रेटा, एलएमएल र काइनेटिक लुनाको इलेक्ट्रिक भर्सन आउने भएको छ।

केही दिन अघि इलेक्ट्रिक लुनाको फोटो सार्वजनिक भएको थियो भने अटो एक्पोमा एलएमएलको इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको थियो । यी ३ स्कुटरको भारतीय बजारमा ओला इलेक्ट्रिक, टीभीएस आईक्युब, हिरो भिडा भी१, एथर इनर्जी आदिसँग प्रतिस्पर्धा हुनेछ।

एलएमएल स्टार
भारतीय बजारमा चाँडै नै एलएमएलको इलेक्ट्रिक स्कुटर आउने भएको छ। सो स्कुटर डिसेम्बरमा लन्च गर्ने भएको छ। सो स्कुटरले भिडा भी१, टीभीएस आईक्युब, बजाज चेतक र एथरसँग प्रतिस्पर्धा गर्नेछ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा सिंगल स्प्रिङ सक एब्जर्बर समावेश हुनेछ। यसमा ३६० डिग्री क्यामेरा, इन्स्ट्रयुमेन्ट डिस्प्ले, एडजस्टेबल सिटिङ, अटो हेडल्याम्प जस्ता फिचर हुनेछ । 

काइनेटिक लुना
५० वर्ष पहिले काइनेटिक इन्जिनियरिङद्वारा भारतीय बजारमा लन्च गरिएको लुना अब इलेक्ट्रिक मोडलमा लन्च हुने भएको छ। यसको टप स्पिड २५ किलोमिटर प्रतिघन्टा हुनेछ। यसमा इलेक्ट्रिक सेल्फ स्टार्ट, एलईडी हेडलाइट, डीआरएल, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र यूएसबी चार्जरका साथै अन्य धेरै विशेष फिचर दिइएको छ।  यसले सिंगल चार्जमा ७० देखि ८० किलोमिटरको रेन्ज प्रदान गर्नेछ। 

लम्ब्रेटा
याे स्कुटरको डिजाइन पुरानै भए तापनि यसको फिचरमा भने केही परिवर्तन गरिएको छ। यसमा रेट्रो र एड्भान्स दुबैको झलक देख्न सकिन्छ। १९६० को दशकमा निकै लोकप्रिय इटालियन ब्रान्डको लम्ब्रेटा स्कुटर पुनरागमन हुने तयारीमा छ। 
यद्यपि सो स्कुटरको डिटेल सार्वजनिक भएको छैन।

Skip This
Skip This
Logo