नेपाली बजारमा एमजीको नयाँ एसयूभी एस्टर भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो गाडी नेपाली बजारमा उपलब्ध गराएको हो।
आधुनिक डिजाइनमा तयार पारिएको एस्टर हाई–टेक फिचरका कारण लोकिप्रय छ । यो एसयूभीमा एमजीले आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट कनेक्टिभिटी फिचर दिएको छ। १.५ लिटर पेट्रोल इन्जिन जडित एस्टको पावर १०८ पीएस पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ।
यसमा ५ स्पिड म्यानुअल र सीभीटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ। एस्टरलाई १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिने कम्पनीको दावी छ।
एमजी एस्टरको लम्बाई ४३२३ एमएम, चौडाई १८०९ एमएम, उचाई १६५० एमएम, २५८५ एमएम ह्वीलवेस र २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। यसमा ४७५ लिटर क्षमताको बुट स्पेश र ४५ लिटरको इन्धन ट्याङ्की रहेको छ। एस्टरमा १७ इन्चको डायमन्ड कट अलोय ह्विल्स दिइएको छ जसले यो एसयुभीलाई निकै आकर्षक र स्पोर्टी देखाएको छ।
यसमा एलइडी डीआरएल सहितको एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, निकै नै आकर्षक छ। यसमा मल्टिफङसन स्टेयरिङ ह्विल, १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, चारवटा स्पिकर, रियर पार्किङ क्यामरा जस्ता फिचर छन्। केही समय पहिले देखि नै बुकिङ खुल्ला गरिएको सो एसयूभीको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।





























प्रतिक्रिया