नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुन आज १ लाख १० हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको भाउ तोलामा ४५ रूपैयाँले घटेकाे छ। मंगलबबार १ हजार ४ सय ३० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ८५ रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया