नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ। यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ७ गते बुक क्लोज गर्दैछ। 

तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ। नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। 

लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले असार १५ गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा अमृतभोग कालिका स्थान,काठमाडौँमा बिहान ११ः३० बजे सुरु हुनेछ। सभामा कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ। 

सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ।

Skip This
Skip This
Logo