नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकका ग्राहकले काठमाडौंस्थित र्‍याडिसन होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र होटलबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कुल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने बैंकले जनाएको छ । 

बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरूमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

Logo