साझा यातायातले ‘साझा प्लस’ एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यात्रुहरुको सहजताका लागि कम्पनीले उक्त एप लन्च गरेको हो ।
अब काठमाडौं उपत्यकामा यस एपका माध्यमबाट यात्रुहरुले आफ्नो नजिकका साझा यातायातका बसहरू फेला पार्न सक्नेछन् । यसबाट वास्तविक समयमा बस ट्रयाक समेत गर्न सकिने कम्पनीको भनाइ छ । साझा यातायातका लागि स्लाश प्लसले विकास गरेको यो एप एन्ड्रोइड प्रयोगकर्ताले https://play.google.com/store/apps/ र आईओएस प्रयोगकर्ताले https://apps.apple.com/np/app/sajha-plus/ क्लिक गरेर डाउनलोड गर्न सक्नेछन् ।
कसरी चलाउने एप ?
-सबैभन्दा पहिले एप डाउनलोड गरेर खोलिसकेपछि गेट स्टार्टेड (Get Started) बटनमा ट्याप गर्ने,
-त्यसपछि स्क्रिनमा देखिएको साइन इन विथ गुगल (Sign in with google) बटनमा थिच्ने र आफूलाई उपयुक्त हुने गुगल एकाउन्ट छान्ने । त्यसपछि एप खुल्छ ।
-एपमा साइनअप गरिसकेपछि विभिन्न रुटहरू देखिन्छ । त्यस्ता रुटमा क्लिक गरी कुन बस गुडिरहेको छ, कुन बस कुन रुटमा रोकिएको छ, स्टेसन कहाँ छ, आफ्नो नजिक कुन बस कति बजे आइपुग्छ, कतिको स्पिडमा गुडिरहेको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ ।





























प्रतिक्रिया