भारतीय अटो उत्पादक फोर्स मोटर्सले आफ्नो लोकप्रिय अफरोड एसयूभी गुर्खामा आधारित पिकअप छिट्टै बजारमा ल्याउने भएको छ ।
कम्पनीले हालै नयाँ पिकअपलाई परिक्षण गरिरहेको तस्विर सार्वजनिक भएको हो । यसको एसयूभी काउन्टरपार्टको विपरीत, नयाँ पिकअप ४ ढोकाको डबल क्याब हुनेछ, जसको पछाडी फ्ल्याट बेड पनि हुनेछ। यसको अग्र भाग गुर्खा एसयुभीको जस्तै देखिएको छ भने टप भेरिएन्टमा एलइडी डीआरएलएस सहितको प्रोजेक्टर हेडल्याप दिइएको छ । गाडीमा फोग्ल्याम्पको साथमा ठूलो ग्रिल पनि देखिन्छ।

पिकअप मर्सिडीज-बेन्ज सोर्स गरिएको २.६ लिटर डिजेल इन्जिनको साथ आउने सम्भावना छ, जसले ९० वीएचपी र टर्क २५० एनएम उत्पादन गर्छ । यद्यपी, फोर्स मोटर्सले गोर्खा पिकअप र गोर्खा फाइभ-डोरका लागि थप शक्तिशाली इन्जिन प्राप्त गर्न पनि विचार गर्न सक्ने पनि आँकलन गरिएको छ ।
































प्रतिक्रिया