कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार,भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४०रुपैयाँ, लोकल सानो गोलभेँडा ३५ रुपैयाँ,रातो आलु ४२ रुपैयाँ,सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ७०,,लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ७०,भटमासकोशा ९०,तितो करेला ५०,लौका ६०,परवल लोकल ५०,पाकेको फर्सी ३५,डल्लो फर्सी हरियो ३०, घिरौंला ६०,भिण्डी ७०, स्कूस ५०, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३४०, कुरीलो २५०, ब्रोकाउली ९०,तोफु १००,लोकल काँक्रो ८०रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।
चमसूरको साग ११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३०,हरियो लसुन ९०, हरियो प्याज ९०, रायो साग ४०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ। त्यस्तै, तरबुजा हरियो ६०,मलदह आँप ७०,मौसम १८०,अनार ४००,केरा दर्जनको १२०,कागती १५०,स्याउ फूजी३००,आभोकाडो ६०० र मेवा भारतीय ११० र लिच्ची लोकल १००,जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।





























प्रतिक्रिया