रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर आउने

रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर आउने

केन्द्रबिन्दु
0
Shares

रिडी पावरको शुक्रबार विशेष साधारण सभा बस्ने भएको छ। सभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदैछ। यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ। कम्पनीले यसअघिनै ५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। 

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। यसले सोही पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। हकप्रद सेयर निष्कासनपछि यसको चुक्ता पुँजी २ अर्ब ३१ रुपैयाँ पुग्नेछ। सभा प्रयोजनका लागि यसले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ। 

Logo