काठमाडौं ।
मनसुन सुरु भएपछि थालिएको धान रोपाइँ देशभरमा ६० प्रतिशतमा सकिएको छ । कृषि विभागको पछिल्लो तथ्याङक अनुसार मुलुकभर ६०.६३ प्रतिशत धान रोपाइँ भएको उल्लेख छ ।
नेपालको कुल धान रोपाइँ हुने १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ६० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको विभागले जनाएको छ ।
यो वर्ष समयमा नै मनसुन सुरु भएकाले तथा कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि मुलुक लकडाउन हुँदा गाउँघरमा जनशक्ति पनि प्राप्त भएकाले धान रोपाइँ भइरहेको छ । त्यसैले गत वर्षको तुलनामा यो वर्ष धेरै धान रोपाइँ भएको छ । गतवर्ष यसै समयमा २४ प्रतिशत बढीमा रोपाइँ सम्पन्न भएको थियो । यसवर्ष करिव शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको प्रक्षेपण छ । सरकारले यसवर्ष पनि ५ देखि ७ प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरेको छ ।





























प्रतिक्रिया