‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

केन्द्रबिन्दु
0
Shares

‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ शुरु भएको छ ।

आईसीटी फाउण्डेसन नेपालको आयोजनामा यही असार ८ र ९ गते सञ्चालित कार्यक्रमको इन्टरनेट पार्टनर डिशहोम फाइवरनेट रहेको छ । कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञसहित ७० बढी स्रोत विज्ञहरूको सहभागिता रहेको छ ।

द सोल्टी काठमाडौंमा जारी कन्क्लेभमा विभिन्न ६ थिममा १५ भन्दा बढी सेसनहरू सञ्चालन हुनेछन् । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहेको छ ।

आईसीटी फाउण्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो । 

कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारीसहितको डिजिटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

Skip This
Skip This
Logo