काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि (२०८०/८१) को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ ।
आइतबार बसेको नगर सभाको १३औं अधिवेशन तेस्रो बैठकमा उपमेयर सुनिता डंगोलले उक्त आकारको बजेट सार्वजनिक गरेकी हुन् । जसमा चालूतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।
महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको थियो।





























प्रतिक्रिया