सरकार कृषि क्षेत्रको विकासमा प्रतिबद्ध छः मन्त्री भूसाल

सरकार कृषि क्षेत्रको विकासमा प्रतिबद्ध छः मन्त्री भूसाल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपंछी मन्त्री बेदुराम भूसालले सरकार कृषि क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् । 

आइतवार डेरी दर्पण लोकार्पण कार्यक्रममा मन्त्री भूसालले कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेन भन्ने गुनासो गरिएको भन्दै आफूहरु दुग्ध उत्पादनमा मात्रै नभएर समग्र कृषि क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन् । तर कृषि क्षेत्रमै लागेकाहरुले डेरीलाई नै प्राथमिकतामा नराखेको उनकाे तर्क छ ।

उनले भने, ‘कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेन भन्नु हुन्छ तर यहाँहरुले नै गरेको प्रकाशनमा डेरीलाई पनि कृषिले प्राथमिकतामा राखेको देखिएन, त्यसैले भन्ने कुरा र गर्ने कुरा एउटै हुनुपर्छ ।’

मन्त्री भूसालले सरकार दुध विकासको पक्षमा अझ धेरै राम्रो काम गर्न लागिपरेको बताए । उनले भने,‘दुध विकासबाट हात हटाउन खोजेको होईन सरकारले दुध विकासको पक्षमा छ । सरकार अझ अहिलेको भन्दा राम्रो गर्नुपर्छ भन्ने पक्षमा छ ।’ 

कृषिको नीतिको अभाव भन्दा पनि व्यवहारीक नीतिको अभाव र कार्यन्वयनमा समस्या रहेको उनले बताए । 

Skip This
Skip This
Logo