ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ । 

आइतबार आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ भने १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ ।

त्यस्तै, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुनेछ । यस्तै, महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ । विपद व्यवस्थापन डिआरआर सव– सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट–हरियाली/पार्क निर्माणमा जोड दिएको छ । 

Skip This
Skip This
Logo