दुई दिने ह्वावे मोबाइल नेपाल कंग्रेस (एमएनसी २०२३) ले इको-सिस्टम साझेदारहरूको संलग्नता र सबै सहभागीहरूबाट प्रशंसा बटुलेर उत्कृष्ट सफलता हासिल गरेको छ ।
ह्वावेले जुन २३ मा सोल्टी होटल काठमाडौंमा आईसीटी फाउन्डेसन अफ नेपालसँग ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ संयुक्त रूपमा आयोजना गरिएको थियो । समानान्तर कार्यक्रममा ह्वावे मोबाइल नेपाल कंग्रेस, ह्वावे फाइभजी परिदृश्य, ह्वावे क्लाउड सोलुसन्स, ग्रीन डाटा सेन्टर, स्मार्ट अफिस टेक्नोलोजीहरू प्रदर्शन गरेको थियो ।
स्मार्ट सिटी कन्सेप्ट, स्मार्ट ग्रिड क्याम्पस, आदि यी दुई दिनमा नेपालका प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री, सीईओ र दूरसञ्चार कम्पनीका नेताहरूले ह्वावे एमएनसीको अवलोकन गरेका थिए र ह्वावेले डिजिटल नेपाल सक्षम बनाउनका उपाय र प्रयासहरूको प्रशंसा गरेका थिए ।
विभिन्न देशका आईसीटी विज्ञ सहित ७० भन्दा बढी स्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो भने ६ वटा विषयमा १५ सत्रहरु सञ्चालन गरिएको थियो । सम्मेलनमा दक्षिण कोरिया, सिंगापुर, भारत र बंगलादेशका विषय विज्ञहरुको सहभागिता रहेको थियो ।
डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिन तीनवटा विषय वस्तुमा छ वटा फरक–फरक छलफल सत्र सम्पन्न भएको छ । ‘बिल्डिङ फाउण्डेशनल टेक स्ट्याक एण्ड डिजिटल क्यापेबिलिटी’ शीर्षकको प्यानल छलफलमा ह्वावे एसिया प्यासिफिक रिजनका प्रमुख मार्केटिङ अफिसर छु सुले नेपालको डिजिटल क्षमता निर्माणका लागि फाइभजी र आइओटीमा अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गरेका थिए।





























प्रतिक्रिया