बजेट संशोधन नभई पास हुन्छः अर्थमन्त्री महत

बजेट संशोधन नभई पास हुन्छः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने बताएका छन्। 

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताएका हुन्। पहिला नै धेरै सुझाव लिएर बजेट ल्याएकाले विधिभित्र रहेर काम गर्ने उनले बताए ।

उनले भने,‘बजेट पास हुन्छ त्यसमा दुईमत नै छैन, थोरै साधन स्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो। आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो।’ अहिले आएको बजेटअनुसार स्रोत पुर्‍याउन पनि धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको महतले बताए। ‘आवश्यकता अनुसार बजेट भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति आइरहेको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने चाहना हो तर थोरै साधन स्रोतभित्र रहेर मैले गर्न सक्ने गरेको छु।’

Logo