जापनिज टु ह्विलर ब्रान्ड यामाहाको नेपालका लागि आधिकारीक वितरक एमएडब्लु ग्रुपले मोटरसाइकल र स्कुटरको एसेम्बल सुरु गरेको छ ।
कम्पनीले भैरहवामा स्थापना भएको प्लान्टबाट पहिलो चरणमा परीक्षणका लागि भनेर एफजेड भीथ्री मोटरसाइकल एसेम्बल सुरु गरेको हो । प्लान्टबाट पूर्ण क्षमतामा मोटरसाइकल र स्कुटर उत्पादन हुन भने केही समय लाग्ने बताइएको छ ।
यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि कम्पनीले एक अर्ब ५१ करोड ५० लाख बढीको लगानी गरेको छ । उक्त उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर उत्पादन हुने जनाइएको छ ।





























प्रतिक्रिया