आईएमएस ग्रुपद्वारा केएन–९५ मास्क उत्पादन सुरु

आईएमएस ग्रुपद्वारा केएन–९५ मास्क उत्पादन सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखा परे पश्चात बजारमा सर्जिकल मास्कको कालोबजारी गरी अभाव भएपछि यसको अभाव हुन नदिने भन्दै दीपक मल्होत्रा अध्यक्ष रहेको आईएमएस ग्रुपले सर्जिकल मास्क उत्पादन सुरु गरेको थियो । लकडाउन अवधि भरि सर्जिकल मास्क उत्पादन गरिरहेको सो ग्रुपले गत शुक्रबारदेखि केएन–९५ मास्क पनि उत्पादन सुरु गरेको छ ।

बजारमा मास्कको अभाव हुन नदिने उद्देश्यले नेपालमा कोरोना भाइरस फैलिएसँगै सर्जिकल मास्क उत्पादन सुुरु गरेको थियो । अब केएन–९५ मास्क पनि बजारमा सहज र सुलभ तरिकाले उपभोक्ताले पाउन् भनेर उत्पादन सुरु गरिएको समूहका अध्यक्ष दीपक मल्होत्राले बताए ।

उनका अनुसार आईएमएस समुहले मास्कको फ्याक्ट्री मूल्य ३५ राखेर बजारमा उपभोक्ताको लागि ४५ रुपैयाँसम्म पाउने छन् । उनले भने, ‘सर्जिकल मास्कसँगै अहिले बजारमा के–९५ मास्कको पनि माग बढेकाले थप ५० लाखको लगानीमा नयाँ मेसिन ल्याएर केएन–९५ मास्क उत्पादन भई बजारमा मास्क पठाइ सकिएको छ ।’

कम्पनीले देशमा कोरोना संक्रमण फैलिएसँगै देशभित्र सर्जिकल मास्कको माग बढिरहेकै बेला आईएमएस गु्रपले लकडाउनकै बेला मेसिन मगाएर मास्क उत्पादन थालेको थियो ।

Logo