बीवाईडी एट्टो ३ को नयाँ कलर भेरिएन्ट पनि नेपाली बजारमा भित्रिने

बीवाईडी एट्टो ३ को नयाँ कलर भेरिएन्ट पनि नेपाली बजारमा भित्रिने

केन्द्रबिन्दु
0
Shares

बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ को नयाँ कलर भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने भएको छ । 

नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सो इलेक्ट्रिक कारको १०० किलोवाट मोटर क्षमतामा नयाँ कलर फरेस्ट ग्रिन भित्र्याउने तयारी गरेको हो । यसको लागि बुकिङ खुला गरिएको छ ।

सो इलेक्ट्रिक कारमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले १५० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । ८० किलोवाट फास्ट चार्जर रहेको कारको ब्याट्रीलाई ४५ मिनेटमै फुल चार्ज गर्न सकिने छ । यो कारलाई एकपटक फूल चार्ज गर्दा ४२० किलोमिटर रेन्ज पाउन सकिने कम्पनीको दाबी छ ।

सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिङ्गल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट, फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेटजस्ता सुविधा उपलब्ध छन् ।

कम्पनीका अनुसार नेपालमा १०० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ । यसको मूल्य पनि अन्य कलर भेरिएन्टको तुलनामा १ लाख रुपैयाँ बढी हुनेछ । १०० किलोवाट मोटर भएको अन्य बीवाईडी एट्टो ३ को मूल्य ६५ लाख ८८ हजार छ हुँदा यसको ६६ लाख ८८ हजार रुपैयाँ पर्नेछ । 

Logo